घुस लिएको आरोपमा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिने सशस्त्र प्रहरी बलका दुईजना अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

उक्त कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प गैडहवा–३ रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पाशीलाई टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

रुपन्देहीको गैडहवा गाउँपालिका–३ बाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस