अपाङ्ग तथा विपन्न परिवारकी बालिकालाई बेटर नेपालको सहयोग

 


दाङ् । मिसन बेटर नेपाल अन्र्तगत बेटर दाङ्ग च्याप्टरले अपाङ्ग तथा अशक्त बालिका रामकली वि.क.को परिवारलाई सहयोग प्रदान गरेकोछ । बबई गाउँपालिका वडा नंं.४ स्थित बस्दै आएकी रामकली १८ वर्षकी भएतापनि उनी हिडडुल गर्न, बोल्न समेत सक्दिनिन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएको परिवारलाई हापुरेकै स्थानीय विद्यालय ग्रेट आईडियलको हलमा झण्डै १० हजार बरारको लत्ताकपडा, खाद्यान्न लगायतको सामाग्री हस्तान्तरण गरिएको हो ।
बेटर दाङ्गका यज्ञ वि.क.को सभापतित्वमा सम्पन्न उक्त सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि ग्रेट आईडियलका प्रिन्सिपल दिपक शाहले सहयोग को सह्राना गर्नुभयो । उहाँले विविध क्षेत्रका युवाहरुको क्षमतालाई एकताको भावनामा समेट्दै मिसनले राष्ट्रको सम्बृद्धिमा लागनु उदाहरणीय तथा अनुकरणीय काम भएको बताउनुभयो । साथै आगामी दिनमा बेटर नेपालको गतिविधिलाई सहयोग र समर्थन गर्ने धारणा सहित शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा दाङ्ग च्याप्टरका को कन्भेनर ईन्द्र वि.क.ले मिशनका बारेमा प्रकाश पार्नुभएको थियो भने दिपक बस्नेत, भिम भण्डारी, मन्जु कंडेल, पुनम शाह लगायतले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस