बर्दियाको गेरुवा गाउँपालिका–१, वनखेतस्थित बेसवार छाउनी सामुदायिक वनबाट निस्केको बाघले आक्रमण गर्दा स्थानीय किसान घाइते भएका छन् । गोरु चराउन गएका ३५ वर्षीय सरोज कार्कीलाई बाघले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार बिहीबार बेलुकी गोरु लिई फर्कने क्रममा कार्कीलाई बाघले आक्रमण गरेको हो । उनको दुवै हात र डाढमा चोट लागेको छ ।