बाँकेकाे खजुरा गाउँपालिकामा अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू

प्रदिप सापकाेटा   नेपालगन्ज, २८ फागुन। खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आज शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । खजुरा गाउँपालिका वडा नं. ४ स्थित जनकल्याण मावि बद्रीपुरमा भइरहेको प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक भब्य समारोहका वीच उदघाटन गरे । सांसद गौतमले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकास गर्ने बताए । उनले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन र त्यसको पहलिो जग रनिङ शिल्ड भएको उल्लेख गरे । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले तीन वर्षको दौरानमा रनिङ शिल्ड प्रतियोगितामा खजुरा क्षेत्रका विद्यालय र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिँदै खेल र शैक्षिक महोत्सव गरिँदै आएको बताए । अध्यक्ष कक्षपतिले खजुरामा खेल संरचना, खेलाडी उत्पादन र खेलाडीवीचको प्रतिस्पर्धामार्फत खेल विकास गरी खजुरालाई खेलकुद हबका रुपमा समेत विकास गरिने बताए । स्वागत मन्तव्य दिँदै शिक्षा समिति सदस्य भक्तबहादुर केसीले तेस्रो वर्षसम्म आइपुग्दा प्रतियोगिता स्थापित भएको र विद्यार्थीमा खेलकुदको विकास हुँदै गएको उल्लेख गरे । कार्यक्रममा स्वागत गीत, झाँकी र नृत्यमार्फत अतिथिलाई स्वागत गर्नुका साथै सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरि सलामी अर्पण गर्दा कार्यक्रमको मूख्य आकर्षण बनेको थियो । उदघाटन समारोहमा धन्यवाद ज्ञापन गर्दै संचालन तथा व्यवस्थापन विद्यालय जनकल्याण माविका प्रधानाध्यापक भीमबहादुर थापाले कार्यक्रम सफल बनाउन आआफ्नो तप्काबाट लाग्ने सबैलाई धन्यवाद दिए । शुक्रबार नै एथलेटिक्स, भलिबल लगायतका विभिन्न खेल संचालन गरिएको छ । प्रतियोगितामा खजुरा क्षेत्रका संस्थागत, निजी र मदरसा गरी ६५ विद्यालयका ४७५ छात्रा र ५४१ छात्र गरी १ हजार १६ जना खेलाडी सहभागी
छन् ।

यस प्रतियोगिताको प्रथम संस्करण जनसेवा मा.वि.,खजुरा ६,पुरैनाको व्यवस्थापनमा मिति २०७५ फाल्गुण ३ देखि ६ गतेसम्म संचालन भएको थियो भने दोस्रो संस्करण २०७६ पौष २७ गतेदेखि माघ ३ गतेसम्म अमर मा.वि.को व्यवस्थापनमा संचालन भएको थियो ।
यो प्रतियोगितामा माध्यमिक तह (कक्षा ९­ १२) र आधारभूत तह (कक्षा ६­८) गरी दुई ओटा रनिङ शिल्डका लागि प्रतिष्पर्धा हुनेछ भने आधारभूत तह (कक्षा १­५) का लागि सहायक खेलहरु खेलाइने छ । मा.वि तर्फ एथलेटिक्स,भलिवल,कपड्डी र मार्शल आर्ट (जुडो) खेलका १६ इभेन्ट्स,आधारभूत तह कक्षा ६­८ तर्फ एथलेटिक्सका १० इभेन्ट्स र आधारभूत तह कक्षा १­५ तर्फ,४ह५० मि.रिले,१०० मि.दौड,चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ५ इभेन्ट्स गरी जम्मा ३१ ओटा खेलहरु राखिएका छन् । गत संस्करण्मा जम्मा ६४ इभेन्ट्स समेटिएका थिए तर यस वर्ष कोभिड १९ को विषम परिस्थितिका कारण ३ दिनमा जम्मा ३१ खेल मात्र खेलाइने छ । यो खेललाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूदको छनौट खेलको रुपमा लिइएको छ ।
खेलको दौरानमा खेलाडीलाई चोटपटक लाग्न सक्ने सम्भावनालाई ख्याल राख्दै ५० जना खेलाडीहरुको खेल अवधिभर रु.५ लाख सम्मको उपचार विमा गरिएको छ । प्रतियोगिताका प्रथम,द्धित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मा.वि.(कक्षा९­ १२) तर्फ क्रमशःरु.२५,०००।­,रु.१५,०००।­ र १०,०००।­ ,आधारभूत तह (कक्षा ६­८) रु.१५,०००।­,रु.१०,०००।­ ,रु ७,०००।­ नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी आधारभूत (१–५) मा प्रथम,द्धित्तीय र तृतीयलाई क्रमशःरु.१०,०००।–,७०००।– र रु.५०००।– नगद पुरस्कार,प्रमाणपत्र र ट्र«फी प्रदान गरिने छ ।
प्रतियोगिता सफल पार्न खजुरा गा.पा.प्रमुख तथा गाउँ शिक्षा समितिका संयोजक किस्मत कुमार कक्षपतिको) अध्यक्षतामा ३०१ सदस्यीय सम्मको मूल आयोजक समिति गठन गरिएको छ भने व्यवस्थापनलाई प्रभावकारी र सहज बनाउनका निमित्त उद्घाटन समारोह,अतिथि सत्कार,जुरी अफ अपिल,मञ्च व्यवस्थापन,उद्घोषण,पुरस्कार व्यवस्थापन,स्वयंसेवक परिचालन,प्राविधिक तथा फिल्ड निर्माण,भोजन तथा आवास,प्रचारप्रसार र प्राथमिक तथा स्वास्थ्य सेवा उपसमिति गठन गरी परिचालन गरिएको छ । प्रतियोगिताको प्रशासनिक एवं व्यवस्थापकीय कार्यलाई चुस्तदुरुस्त र छिटोछरितो बनाउन यमनारायण महतोको संयोजकत्वमा सचिवालय स्थापना गरिएको छ । खेल अवधिभर खेल मैदानलाई व्यवस्थित गर्न श्री योगिनी मा.वि.गौघाटको प्र.अ.श्री गगन बहादुर खड्कालाई फिल्ड मार्शल तथा अरुणोदय मा.वि.का संस्थापक प्रिन्सीपल श्री ऋषिकेश जि.सींलाई सहायक फिल्ड मार्शल तोकिएको छ । खजुरा गा.पा.मिश्रित जातजाति र धर्मावलम्वीहरुको बसोवास क्षेत्र रहेकोले धार्मिक सद्भावको प्रतिकको रुपमा यस मेयर रनिङ शिल्ड खेलकूदको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गरिएको छ । त्यसैगरी,बाँके राष्ट्रिय निकुञ्जमा मात्र पाइने विश्वकै दुर्लभ जनावर चार सिंगे हरिण ९ँयगच जयचल ब्लतभयिउभ० लाई प्रतिक चिन्ह (मस्कट)को रुपमा राखिएको छ । यस पटकको मूल नारा – कोभिड विरुद्धको अभियानमा गुणस्तरीय शिक्षा र खेलकूद” रहेको छ । प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने हुँदा मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५ तयार पारी गाउँपालिका परिषदबाट पारित गराइ लागु गरिएको छ र सोही निर्देशिका वमोजिम गा.पा.प्रमुखको अध्यक्षतामा एउटा १७ सदस्यीय मेयर रनिङ शिल्ड खेलकूद संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । यो प्रतियोगिता हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड खेलकूद संचालन राष्ट्रिय निर्देशिका २०७४ र मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५,खजुरा मातहत रही संचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस