ईलाका प्रहरी कार्यालय कोहलपुरले दुर्लभ बन्यजन्तुका बिभिन्न अंगसहित ३ जनालाई पक्राउ

कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले दुर्लभ बन्यजन्तुका बिभिन्न अंगसहित ३ जनालाई पक्राउ गरेको छ । ईप्रका कोहलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार दिउसो बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ बाट उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ब्यक्तिहरुको साथबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला १ थान, भालुको पित्त २ थान र कस्तुरीको बिना १ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिएका छन् ।

बैजनाथ गाँउपालिका १ चिसापानी बजारमा शंकास्पद रुपमा हिँडिरहेका दैलेखको चामुण्डा नगरपालिका वडा नं. २ का ४२ वर्षीय चिन बहादुर थामी मगर, कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ का ४५ वर्षिय रत्न बहादुर खत्री र जाजरकोट नलगाड नगरपालिका वडा नं. १ का ४० वर्षिय खले बिकलाई खानतलासी गर्ने क्रममा बन्यजन्तुका अंग बरामद गरिएको खनालले बताए ।

पक्राउ परेका तिनै जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस