जसपा  र सरकार  बीच वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित

काठमाडौँ- वार्ताका लागि बालुवाटार पुगेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पुनः निराश फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि मंगलबार उनीहरुलाई बालुवाटार बोलाएका थिए।

वार्तामा आफूहरुको कुरा नमिलेको वार्तामा सहभागि जसपाका नेता लक्ष्मणलाल कर्णले बताए। उनले  भने, ‘हामी वार्ताका लागि बालुवाटार गएका हौँ। हाम्रा मागबारे कुरा उठायौँ। मागबारे ध्यानपूर्वक सुन्नु भयो। ठोष निर्णय आएन। आश्वासन भने दिनु भएको छ।’

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, कार्यदलका सदस्य कर्ण र सर्वेन्द्रनाथ शुक्लले भाग लिएका थिए।

अब अर्को वार्ताबारे समय निश्चित नभएको कर्णले बताए। जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत माग राख्दै आएको छ

प्रतिक्रिया दिनुहोस