नेपालगञ्ज उपमहानगरपालिका  टोल,टोलमा उपमेयर  अभियान सुरु

नेपालगञ्ज असोज ८ । नेपालगञ्ज उपमहानगरपालिका भित्र बासोबास गर्ने जनता र बिकाश निमार्णको अवस्था बारे बुझन र छलफल गर्ने उद्ेश्यका साथ नेपालगञ्ज उपमहानगरपालिका उपमेयर उमा थापाले उपमहानगरपालिका २३ वटै वडाका टोल,टोलमा उपमेयर अभियान सुरु गरेकी छन ।

टोल टोल उपप्रमुख अभियान अन्र्तगत आईतबार नेपालगञ्ज उपमहानगरपालिकाको १० नम्बर वडामा उपमेयर उमा थापाले वडा अध्यक्ष बिन्दु भुषण बस्नेत सहित वडाका स्थानिय बासिन्दाहरु सग वडाका आवश्यक समस्या बारे छलफल गरियो । छलफलमा वडा बासिन्दाहरुले वडाको पहिलो प्रथामिक वडामा रहेका सडक,बाटोहरु फराकिलो कालोपत्र बनाउनु पर्ने, ढलनिकाशको व्यवस्थापन गनुपर्ने र सरसफाईको योजनाको माग गरेका थिए ।
वडा बासिहरुको माग बारे उपमेयर उमा थापाले वडाको समग्रहमा बिकाश गर्नेका लागी स्थानिय वडाबासिहरुको ठुलो भुमिका रहेको चर्चा गदै उपमहानगरपालिका वडाबासिहरुको चाहानालाई संम्बोधन गर्ने पयाप्त बजेट छुट्टयाउने प्रतिबद्धता व्यक्त गरे । वडा अध्यक्ष बिन्दु भुषण बस्नेत वडाबासिहरुले माग गरेका योजनाले वडा सफा,सुन्दर हुने भएकोले आगमी दिनमा नगरसभाबाट पारित गराउने बताए ।

प्रतिक्रिया दिनुहोस