बिश्वकी सबैभन्दा तौल भएकी महिला इमान अहमदको मृत्यु

एजेन्सी । बिश्वकी सबैभन्दा तौल भएकी महिला इमान अहमदको मृत्यु भएको छ । अबु धामीमा उपचारको क्रममा सोमबार उनले अन्तिम सास लिएकी थिईन । गत हप्ता उनले आफ्नो ३७ औ जन्मदिवस मनाएकी थिइन । केहि महिना पहिले इमानको उपचार गराउन भारत आएकी थिईन । इमानको तौल ५०० किलो थियो यस कारण उनलाई बिश्वको सबै भन्दा बढी तौल भएको महिला मानिएको थियो । अबुधामीको बुर्जील अस्पतालका अधिकारीहरुका अनुसार इमानको किडनीले काम गर्न छोडेपछि मुटु सम्बन्धी बिरामीका कारण मृत्यु भएको जनाएको छ । इमानको २० जना चिकित्सहरुको टिमले उपचारमा सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस