सुर्खेतमा माओवादी केन्द्रले  उम्मेदवार टुंगो

सुर्खेत ११ असोज, । माओवादी केन्द्रले सुर्खेतमा उम्मेदवार टुंगो लगाएको छ । बुधबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाई केन्द्रमा सिफारिस गरेको हो ।
प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा माओवादीले प्रदेशसभाका लागि पनि सर्वसम्मत उम्मेदवार टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।
प्रदेशसभाका लागि क्षेत्र नं। १ मा जयबहादुर डाँगी, २ मा जितबहादुर राना, ३ मा गणेश भण्डारी र ४ मा विन्दमान विष्टलाई मओवादीले उम्मेदवार बनाएको छ ।
माओवादीले प्रतिनिधिसभाका लागि क्षेत्र नं। १ मा ठम्मर बहादुर विष्ट र क्षेत्र नं। २ मा नरबहादुर विष्टलाई सिफारिस गरेको छ । ठम्मर विष्ट दोस्रो संविधानसभामा पनि क्षेत्र नं। १ बाट उम्मेदवार थिए भने नरबहादुर विष्ट पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं। ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस