नेपालको संबिधान पश्चिमा थारु भाषामा लोकार्पन

बाँसगढी, बर्दिया, असोज ११

नेपालको संबिधान (पश्चिमा थारु भाषामा) लोकार्पन गरिएको छ । नेपालको संबिधान पश्चिमा थारु भाषामा बुधबार बर्दियाको गुलरियामा सिचाई मन्त्रि संजय गौतम र पशुपंछी बिकास मन्त्री सन्तकुमार थारुले संयुक्त रुपमा लोकार्पण गरे ।

लोकापर्ण कार्यक्रममा बोल्दै मन्त्रि गौतमले संबिधानको स्वीकार्यताले सबैलाइ एक बनाउने र एकताले बिकास दीगो बनाउने दाबि गरे । उनले आदिबासी जनजाती थारुहरुको प्रतिभा रक्षा गर्दै सँगै लिएर जानु पर्ने, आधुनिक कृषि सम्बन्धी सिपबाट सुसुसित गर्नु पर्ने, उद्योग कलकारखाना र नेपाल भारत नाका खोल्नु पर्ने र बिकासका नयाँ नयाँ ढोका खोल्नु पर्ने जस्ता धेरै कामहरु भएकाले सबै समुदायहरु मिलेर जानु पर्ने कुरामा जोड दिए । त्यस्तै पशुपंछी बिकास मन्त्री सन्तकुमार थारुले संबिधान थारु भाषामा प्रकाशन हुनु गौरबको कुरा भएको भन्दै अन्य भाषामा पनि प्रकाशन गरिए सबैले बुझ्न सक्ने कुरामा जोड दिए ।

नेपाली भाषामा मात्रै रहेको राष्ट्रिय गानलाई थारुहरुले पनि आफ्नै भाषामा गाउन थालेको र यसबाट उनीहरुको संबिधान प्रतिको अपनत्व बढेको अधिकारकर्मी शुशिल चौधरीले बताए । नेपाली भाषामा मात्रै रहेको राष्ट्र्यि गानलाइ पनि थारुहरुले आफ्नै भाषामा गाउन थालेका छन् । यसबाट उनीहरुमा संबिधान प्रतिको अपनत्व बढेको बताउनुहुन्छ अधिकारकर्मी सुशील चौधरी । देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको नेपालको संबिधान पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशन भएको छ । संविधान जारी भएको एक बर्षपछि संविधान आफ्नै मातृ भाषामा पढन पाउँदा स्थानिय थारु भाषीहरु खुशी भएका छन् । पश्चिमा थारु भाषाको संबिधान प्राचिन सृजनशिल आदिबासी समाज बर्दियाले प्रकाशन गरेको र जिल्ला समन्वय समिति बर्दियाको समन्वयमा लोकापर्ण भएको हो ।

प्रतिक्रिया दिनुहोस