सिकलसेलबारे सचेतना प्रवाह गर्न सास्कृतिक कार्यक्रम

आदिवासी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगबारे सचेतना प्रवाह गर्न साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ५ मा आयोजना गरिएको रात्रीकालीन वृहत थारु साँस्कृतिक कार्यक्रम आयोजना गरेर नेपालका थारु समुदायमा मात्र देखिएको भयाभह रोग सिकलसेल एनिमियाबारे सचेतना प्रवाह गर्न आयोजिक साँस्कृतिक कार्यक्रम प्रभावकारी भएको कोहलपुर नगरपालिका उप प्रमुख सञ्जु कुमारी थारुले बताएकी छिन् । “सबै थारु समुदायका परिवारहरुलाई सिकलसेलबारे जानकारी तथा सचेतना फैलाउन आवश्यक थियो । बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेर सिकलसेल बारे सचेतना प्रवाह गर्न साँस्कृतिक कार्यक्रमलाई माध्यम बनाउदा अभियान सफल भयो ।”- उप मेयर थारुले भनिन् ।

कोहलपुर नगरपालि काको सहयोगमा सिद्वार्थ एकिकृत विकास केन्द्रले आयोजना गरेको कार्यक्रम विभिन्न थारु परम्परा तथा संस्कृती झल्कने साँस्कृतिक

नाच, परम्परागत सामाग्रीहरु समेत प्रदर्शन गरिएको थियो ।

थारु समुदायको लोपन्मुख कला सँस्कृती जगेर्ना सँगै सिकलसेलबारे सचेतना प्रवाह गर्न साँस्कृतिक कार्यक्रम सफल भएको र आगामी दिनमा सिकलसेलबारे अभियानकै रुपमा यस्तै कार्यक्रममार्फत सचेतना प्रवाह गर्न आप्mनो समुदायलाई प्रेरित गर्दै जाने उप प्रमुख थारुले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस