जनमोर्चाले कांग्रेससँग गठबन्धन गर्यो वाम गठबन्धनलाई झट्का

काठमाडौं । एमाले, माओवादी र नयाँ शक्तिको वाम गठबन्धनमा सामेल हुने भनिएको राष्ट्रिय जनमोर्चा पार्टीले नेपाली कांग्रेसँग चुनावी गठबन्धन गरेको छ ।

यसबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीबीच बालुवाटार गम्भीर छलफल तथा समझदारी भएको छ । लामो छलफल जनमोर्चा कांग्रेससँग चुनावी तालमेल गर्न सहमत भएको हो ।

स्रोतका अनुसार बालुवाटारमा भएको सहमतिमा काँग्रेसले प्युठानमा २ र बाग्लुङमा १ सीट जनमोर्चालाई दिने प्रतिबद्धता ब्यक्त गरेको छ । पश्चिमी पहाडका केही जिल्लामा जनमोर्चाको राम्रो पकड छ । यो गठबन्धनले आगामी मंसिरमा हुने चुनावमा सकारात्मक नतिजा ल्याउन सक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस