राष्ट्र व्यापि नृत्यको महासंग्राम डान्स आइकन दाङ (डिआइडि) सिजन २

बिष्णुकुमार देवकोटा दाङ /राष्ट्र व्यापि नृत्यको महासंग्राम डान्स आइकन दाङ (डिआइडि) सिजन २ को मेगा राउण्ड कार्तिक १८ गते घोराही स्थित होटेल भिङ्ग्रेलि भिलेजको सभाहलमा आयोजना हुने भएको छ ।

डि टेनइन्टरटेन्मेन्ट प्रा.लिको आयोजनामा संचालन भइरहेको नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङको मेगा राउण्ड होटेल भिङ्ग्रेलि भिलेजमा आयोजनाहुने संयोजक दिपक वलिले जानकारी दिनुभयो । दाङ लाई आधार बनाएर आयोजना गरीएको पस्चिम नेपालको एकमात्र सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगीतामा बुटवल देखि धनगढि सम्मका नृत्याङ्गणा तथा नृत्यकारहरुले भागलिने रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । यस प्रतियोगितामा प्रथम हुनेले २ लाख २२ हजार दुईसय रुपैयाँ वा १० वटा म्युजिक भिडियोहरुमा खेल्ने अबसरहरु प्राप्त गर्ने संयोजक दिपक वलिले जानकारी दिनुभयो । सिजन २ को प्रथम पुरस्का वापतको रकम वा १० वटा म्युजिक भिडियोहरुको सम्पुर्ण लागत खर्च रकम समाजसेवि द्वय केशव नेपाली र रामुकुमालले बेहोर्ने घोषणा यस अघिनै गरीसक्नुभएको छ । विभिन्न अवार्डहरुका अलावा यस पटक जिल्लागत बिजेताहरु समेत घोषणा गरिने रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । यसैगरी स्थानीय टेलिभिजनहरुका अलावा यसपकटक सिजन २ लाई केन्द्रबाट टिभि टुडे बाट समेत प्रशारण गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस