फेरी उदाउदै कमल थापा बन्ने भए मन्त्री, बैठकले गर्यो निर्णय

काठमाडौँ २३ असोज/कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने विषमया टुंगो लगाएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
‘सरकारमा जाने विषयमा बैठकले लगभग टुंगो लगाएको छ, पाठकले भने, ‘निर्वाचनमा तालमेल र उम्मेदवार चयनको विषयमा भने छलफल जारी रहेको छ ।
नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर चुनावी गठबन्धन बनाएपछि बिच्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस