बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागी निशुल्क स्वास्थ शिबिर संचालन

नेपालगन्ज असोज २४ । खजुरा गाउँपालिका बाँकेले गाउँपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरुको लागी निशुल्क आधारभुत स्वास्थ शिबिर मंगलबारबाट सुरु गरेको छ ।
जेष्ठ नागरिक आधारभुत स्वास्थ शिबिर खजुरा गाउँपालिकाको वार्ड न. १ राधापुरबाट खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले शुभारम्भ गरेको शिबिरमा डा रमेश श्रेष्ठ, डा. राजन पान्डे लगायत १५ जनाको चिकित्सक र प्राबिधिक समुहले जेष्ठ नागरिकहरुको स्वास्थको चेक जाच गर्ने र खजुरा गाउँ पालिकाका ८ वटै वडाका स्वास्थय शिबर असोज ३१ गते सम्म संचालन हुने खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस