मधुबन नगरपालिका बर्दियाले नगर भित्ररहेका गाउका सफा सुन्दर र बिकाश निर्माणमा तिब्रता

बर्दिया असोज २५ । मधुबन नगरपालिका बर्दियाले नगर भित्ररहेका गाउका सफा सुन्दर र बिकाश निर्माणमा तिब्रता दिन थालेको छ । मधुबन नगरपालिका अन्र्तगत पर्ने वडा न. ९ को १३ नम्बर गाउको सरसफाई र सडक निर्माण मापदण्ड अनुसार माटोपटान गरि २ किलो मिटर सडक निमार्ण सम्पन्न गरेको छ ।
१३ नम्बर गाउका जनताहरुलाई २ किलो मिटर बाटो आवतजावतमा समस्या परेको हुनाले मधुबन नगरपालिकाको सहयोगमा र १५ प्रतिशत जनश्रमदान गरि करिव १० लाख रुपैयाको लागतमा माटो पटान गरि सडकको रुप दिएर निमार्ण सम्पन्न गरेको सडक निमार्ण सम्पन्न भएपछि ३०० घरधुरले प्रत्यक्षरुपमा लाभब्धीत हुने मधुबन नगरपालिकाका कार्यकारणी अधिकृत धर्म न्यौपाने जनाउदै निकट भबिष्यमा मधुबन नगरपालिकाका सम्पुर्ण वडाका गाउँहरुमा सडकको पहुच पु¥याउने लक्ष्य लिएको जनाए ।

प्रतिक्रिया दिनुहोस