राष्ट्रिय युवा सम्मेलन २०१७ सम्पन्न

साउन २८ गतेदेखि राजधानी जारी राष्ट्रिय युवा सम्मेलन २०१७ भब्यताको साथ सम्पन्न भएको छ । ‘युवा परिवर्तनका सम्वाहक र दिगो बिकास र शान्ति स्थापनका लागि युवा’ भन्ने नाराको साथ राष्ट्रिय युवा परिषद, नेपालको आयोजनामा संचालन भएको उक्त सम्मेलनको उद्घाटन माननीय वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले गर्नु भएको थियो ।


तिन दिन सम्म चलेकाे उक्त सम्मेलनमा ७४ ओटा जिल्लाका १५० जना युवाहरुको सहभागीता रहेकाे उक्त कार्यक्रममा बिभिन्न व्यक्तिहरुले बिभिन्न बिषयहरुमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
देशभरिका युवाहरुलाई एक ठाउँमा एकिकृत गरेर उनीहरुको व्यक्तित्व बिकास, नेतृत्व बिकास र उद्यमशिलता बिकासको क्षेत्रमा योगदान गर्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको आयोजकले बताएका छन् । आयोजक संस्थाका अध्यक्ष सरोज बानियाँले नेपाली युवाहरुको सिपलाई बिदेशी भुमिमा पोखिन नदिई नेपाली भुमिमै युवाहरुको सिपलाई प्रयोग गरेर नेपालको आर्थिक बिकासमा योगदान दिन सकिन्छ भन्ने कुरा बताए । यसका साथै अध्यक्ष वानियाँले समृद्धि हाम्रै पालोमा भन्ने कुरा सहभागिहरुलाई जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस