मतदाता नामावली संकलनका लागि तीन दिनकाे समय थप

निर्वाचन आयोगले प्रदेश र केन्द्रीय निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय तीन दिन थप गरेको छ। मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको समय निर्वाचन आयोगले थप गरेकाे हाे ।

निर्वाचन आयोगले साउन ३२ गते बुधबारसम्म छुटेका मतदाताले नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको थियो । छुटेका मतदाताको संख्या बढी भएपछि आयोगले तीन दिन थप गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

क्षेत्रीय निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा भइरहेको नाम दर्ताका लागि समय थप गरिएको हो।

प्रतिक्रिया दिनुहोस