बाढिबाट प्रभाावित बनेका ३ सय बढिको स्वास्थ्य परिक्षण गरियाे

बाढिबाट प्रभाावित बनेका ३ सय बढिको स्वास्थ्य परिक्षण गरीएको जिल्ला जनस्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।

स्थास्थ्य परिक्षण गरीएका नागरिकहरुमा विशेषगरी ज्वरो ,रुघांखोकि,छाला चिलाउने रोग र बान्ता हुने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बांकेमा प्रमुख खिमबहादुर खड्काले बताए । उनले मरेका जिवजन्तुलाई सुरक्षित स्थानमा गाड्न र पानि उमालेर मात्र प्रयोग गर्न आग्रह गरे ।

पानि उमालेर चिसो भएपछि एउटा क्लोरिन ट्याबलेट ५ लिटर पानिमा राखेर खान उनले सुझाब दिएका छन् । आज पनि राप्तिसोनारी गाउपालिकाको कचनापुरमा कोहलपुर मेडिकल कलेजका चिकित्सकहरुको टोली ,खासकुश्मामा स्थानिय स्वास्थयकर्मिहरुको टोली ,र बैजापुरमा डाक्टर माधव बन्जाडेको टोली स्वास्थ्य परिक्षणमा खटिएको जनस्वास्थ्य प्रमुख खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस