विद्यार्थीहरुद्धारा संंयुक्त रुपमा राहत सामग्री बितरण

आर.आर. क्याम्पस काठमाण्डौका विद्यार्थीहरुले रौतहटका बाढि पिडितहरुलाई संयुक्त रुपमा ३० लाख बराबरको राहत सामाग्री बितरण गरेका छन । क्यामपसका विद्यार्थीहरुले संयुक्त रुपमा रौतहतस्थित गरुडा नगरपालिका लक्ष्मीपुराका २ सय ३ परिवारलाई खाद्यान्न वितरण गरेका हुन ।
लगातारको वर्षाका कारण तराईका अधिकाशं भुभाग जलमग्न भएपछि क्याम्पसका विद्यार्थीहरुले संयुक्त रुपमा राहात संकलन अभियान संचालन गरेका थिए । संकलीत रकमबाट लक्ष्मीपुराका थप ४ सय परिवारलाई लुगाफाटा तथा ३० हजार रकम बराबरको अत्यावश्यक औषधि जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराईएको अखिल (क्रान्तिकारी ) आर.आर. क्याम्पसका अध्यक्ष देबेन्द्र शर्माले जानकारी दिएका छन ।
क्याम्पसमा सक्रिय रहेका विभिन्न विद्यार्थी संगठनहरुले सामूहिक रूपमा सहकार्य गरेर जिल्ला प्रशासनको रोहवरमा सामाग्री वितरण गरेका हुन । अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य नरेश रेग्मी, अनेरास्ववियुका केन्द्रीय सदस्य अशोक थापा ने.वि. संघ आर.आर. क्याम्पस उपसभापति पुष्कर बास्तोला, संगम देबकोटा, सागर ज्ञवाली, नबिन केडि, र विष्णु लामिछाने सहितको टोलीले प्रभावित क्षेत्रका स्थानियहरुलाई राहत सामग्री उपलब्ध गराउन अभियान संचालन गरेका थिए । राजधानीमा संकलन गरिएको रकम लिएर तराई झरेका विद्यार्थीहरुले थोरै भएपनि पिडितहरुको घाउमा मल्हम लगाउने प्रयास गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस