देश वाहिर रहेका बाँकेवासीहरुले बाढि पीडितलाई १ लाख बढिको राहत सहयोग

वैदेशिक रोजगारको सिलसिलामा देश वाहिर रहेका बाँकेवासीहरुले जिल्लाका बाढि तथा डुवान पीडितलाई १ लाख बढिको राहत सहयोग गरेका छन् ।


इजरायल तथा वेलायतमा वैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा रहेका बाँकेवासीहरुले राहत स्वरुप उपलब्ध गराइएको रकमबाट जिल्लाका कचनापुरमा रहेका बाढी तथा डुवानबाट प्रभावित घर परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री सहयोग गरिएको हो । इजरायलबाट सुर्य बस्याल,दिपक क्षेत्री ,ओभि भुषाल,सुशिला जि.सी.,जानुका जि.सी.,पुष्पा भण्डारी, हरिकुमार श्रेष्ठ , गीता सुबेदी तथा बेलायतबाट गंगा बहादुर बोगटी, नेपालबाट डा.धर्मपाल, श्रुती शाही, सन्तोष खड्का,झरना खड्का,धुर्व रिजालबाट प्राप्त १ लाख १० हजार सहयोग रकमबाट चामल, तेल, चाउचाउ तथा अन्य दैनिक उपभोग्यका सामाग्रीहरु प्रभावित क्षेत्रमा पुगेर राहत उपलब्ध गराइएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा युवा संघ बाँकेका नेता कुष्माखर बस्याल र समाजसेवी तथा राजनीतिज्ञ खिल प्रसाद भुषाल सहितको टोलीले कचनापुरमा रहेका बाढिबाट पूर्ण रुपमा घरवार विहिन भएका ५९ घर परिवारलाई मुलुकबाहिरबाट प्राप्त राहत सहयोग वितरण गरेका छन् ।


कसले भन्छ बिदेश छिरेपछी नेपालको माया हुदैन भनेर नेपालमा घरपरिवार भइ आफ्नो र परिवारको लागी जिवन चलाउनको लागी बिदेशिएका नेपाली दाजुभाई दिदिबहिनीहरुले गत श्रावण २७,२८ गते परेको अभिरल बर्षाको कारण आफ्नो घरबार बिहिन भएका बाढिपीडित का परिवार लाई १ लाख बढि सहयोग गरेर पीडितको पीडामा मल्हम लगाउने प्रयास गरेका छन्–यो एकदम प्रशंसिन कार्य हो, राहत वितरण गर्न प्रभावित क्षेत्र पुगेका युवा नेता बस्यालले भने । शुक्रवार मधुईका ७, खोरियाका १४, कचनापुरका ३८ घर घरी ५९ घरपरिवारलाई राहत बितरण गरिएको हो । शुक्रवार नै उक्त ठाउमा लायन्स क्लब अफ शंकरनगर बाटिका रुपन्देहिले २ लाख बरावरको खाद्यान्न र लत्ताकपडा सहयोग गरेको कचनापुर प्रहरी चौकी इन्चार्ज प्रहरी सहयाक निरीक्षक कुमार के.सी.ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस