नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रेस संयोजकमा डक्टप्रसाद धिताललाई मनोनित

नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रेस संयोजकमा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताललाई मनोनित गरिएको छ ।

वाणिज्य संघले नयाँ कार्यसमिति पाएको लामो समयपछि धिताललाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरिएको हो । शुक्रबारदेखि आधिकारीक रुपमा धिताललाई प्रेस संयोजकको जिम्मेवारी दिइएको वाणिज्य संघका बरिष्ठ सदस्य बसन्त लामिछानेले जानकारी दिए ।
संचार क्षेत्रमा धितालको उपस्थिती महत्वपूर्ण रहेको भन्दै संघले उनलाई संचार संयोजकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस