शिक्षण अस्पताल कोहलपुरको टोलीले बाढि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन

नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरको टोलीले बाढि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरेको छ ।

शुक्रबार राप्ती सोनारी गाँउपालिका ५ बिनौनास्थित बाढिप्रभावित क्षेत्रका स्थानियहरुको स्वास्थ्य प्रशिक्षण गरिएको हो । वरिष्ठ फिजिसियन डा. श्याम वि.क. को नेतृत्वमा बरिष्ठ वालरोग विशेषज्ञ डा. निरज आचार्य, छाला तथा यौन रोग विशेषज्ञ डा. सुमित पाण्डे लगाएत चिकित्सकहरुको टोलीले त्यस क्षेत्रमा निशिुल्क स्वास्थ्य शिविर संचालन गरेकोहो ।

कौशिल्या पोलिक्लिनिक प्रा.लि. र उमेश सुवास फाउण्डेशनको सहकार्यमा संचालन गरिएको निशुल्क स्वाथ्यशिविरमा ४ सय बढि बाढि पिडितहरुले स्वाथ्य परिक्षण गराएका थिए । विपतको सामना, स्वस्थ जिवनको कामना भन्ने मुख्य नाराका साथ संचालन गरिएको शिविरबाट बाढिप्रभावित क्षेत्रका स्थानियहरुलाई आवश्यक परामर्श समेत प्रदान गरिएको डा. देबेन्द्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस