डा. योगीको उत्प्रेरणात्मक कार्यशाला कोहलपुरमा हुँदै

डा. योगी विकाशानन्दको उत्पे्ररणात्मक सकारात्मक सोच सम्बन्धी कार्यशाला भोली शोमबार कोहलपुरमा हुँदैछ ।
नील सागर असहाय,अशक्त तथा जेष्ठ नागरिक केन्द्र र मनोक्रान्ती केन्द्र नेपालगञ्जको आयोजनामा कोहलपुरमा एक दिने निशुल्क उत्पे्ररणात्मक सकारात्मक सोच कार्यशाला नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दिउँसो २ बजेबाट शुरु हुने मनोक्रान्ती योद्वा तथा नीलसागर कोहलपुर प्रमुख अञ्जु न्यौपानेले बताइन् । कार्यक्रम विशेष गरी पछिल्लो समयमा युवाहरुमा बढ्दै गएको मानसिक तनाव, नकारात्मक सोच र भावनाको विकास हुँदा बढ्ने सामाजिक समस्या समाधानमा मद्दत पु¥याउन कार्यक्रम आयोजना गरिन लागेको मनोक्रान्ती योद्वा न्यौपानेले
बताइन् ।
नकारात्मक सोच र भावना तथा मानसिक तनाव व्यवस्थापनमा मद्दत पु¥ायाउने ध्येयले आयोजना हुन गइरहेको कार्यक्रममा आत्मज्ञान र सकारात्मक मनस्थिति निर्माण गरी समाजसेवाप्रति लाग्न मानिसहरुलाई प्रेरित सफल हुने उनको भनाई छ । उनले व्यक्तिका हरेक प्रकारका तनाव र समस्याको समाधान ध्यान, योग साधनाबाट दुर गर्न सकिने हुँदा हरेक नगरवासीलाई कार्यशालामा उपस्थित हुन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस