कलाकार सिंहको फुलबुट्टे चोलीले चर्चा कमाउँदै

कलाकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँके शाखा अध्यक्ष विरेन्द्र सिंह ठकुरीको लय सृजनामा रहेको फुलबुट्टे चोली बोलको गीतले छोटो समयमा चर्चा कमाउन सफल भएको छ ।
सामाजिक सञ्जाल युट्युबमा अपलोड भएलगत्तै गीतले सकारात्मक चर्चा कमाउँदै गएको छ । फुलबुट्टे चोली”बोलको गीत सार्बजनीक भएको छ । यो गीतको शब्द

शृजना “सन्ध्या केसी” को रहेको छ भने लय शृजना नेत्र भण्डारी र बिरेन्द्र सिंह ठकुरी को रहेको छ । स्वर नेत्र भण्डारी संगै “डिला बस्यालको” रहेको छ।गीतको अडियो अनी भिडीयो निर्माण 4G ग्रुप नेपालले गरेको हो भिडीयोमा अभिनय अहिलेका चर्चीत मोडल कृष्ण रेउले निशा शाही ठकुरी र मनिष खड्काको रहेको छ ।
यो भिडीयोको दृष्य निर्माण बिपी फिल्म्स प्रालिले गरेको हो, भिडीयो छायंकन करन चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् भने निर्देशन अहिलेका चर्चित निर्देशक मौसम हिमालीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस