बर्दियाको खैरापुरस्थित हुलाकी सडक नजिक बस पल्टियो : एक जनाको मृत्यु, १५ घाइते

बर्दियामा बिहीबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । दुर्घटनामा १५ यात्रु घाइते भएका छन् ।

३२ यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ  । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

अन्य १० घाइतेको भने जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस