काँग्रेस नगर सचिवको पसलमा चोरी

रातको समयमा कोहलपुर नगर क्षेत्रमा चोरी गर्ने समूहहरु सक्रिय हुन थालेका छन् । विहिवार विहान कोहलपुरको न्यूरोडमा रहेको एक कपडा पसलबाट नगद र न्यानो कपडाका सेटहरु चोरी भएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर समिति सचिव तथा युवा व्यवसायी भुम बहादुर भण्डारीले सञ्चालन गर्दै आएको न्यू इरा सपिङ्ग हाउसमा बुधवार विहान २ः३३ बजेको समयमा पसल चोरी भएको भण्डारीले बताए ।
भण्डारीको पसल बाहिर राखिएको सिसि क्यामरामा राती करिब २ः३३ बजे चोरी भएको दृष्य कैद भएको पसल संचालन भण्डारीले जानकारी दिए ।
केही दिन अगाडी मात्रै पसलमा जाडो सिजनकालागि न्यानो कपडाहरु ल्याईएको बताउँदै भण्डारीले भने, ‘नगद रु. १२ हजार र न्यानो कपडाका सबै सेटहरु चोरी भएका छन ।’ भण्डारीका अनुसार करीब १ लाख ५० हजार बराबरको सामान चोरी भएको छ ।

प्रतिक्रिया दिनुहोस