भ्रष्टाचार बिरुद्ध चौथो राष्ट्रिय युवा सम्मेलन नेपालगन्जमा हुदैं

भ्रष्टाचार बिरुद्ध चौथो राष्ट्रिय युवा सम्मेलन तथा बासको ८ औं महाधिवेशन आगामि फागुन १० र ११ गते नेपालगन्जमा गर्ने निर्णय सहित कोहलपुरको पिपरी कृर्षि विकास वैंक क्षेत्रीय तालिम केन्द्रमा बासको ३१ औं पुर्णकालिन बैठक सम्पन्न भएको छ ।
बासका केन्द्रीय अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको बैठकमा केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले चार महिनाको अवधिमा गरेका कामको वारेमा व्यक्तिगत प्रतिवेदन, प्रदेश संयोजकहरुले प्रदेश प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रज्जव अलि बागवानले चार महिनाको सांगठनिक प्रतिवेदन, महासचिव छविलाल सुनारले प्रगति प्रतिवेदन र कोषाध्यक्ष लुना बुढाथाकीले चार महिनाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बासले यस कार्यकालनमा प्राप्त गरेका उपलव्धिहरु, चुनौतिहरु, सिकाईहरुको विश्लेषण गर्दै परिवर्तित सन्दर्भमा भावि योजना तथा रणनितिको वारेमा छलफल गर्र्दै, ७२ जिल्लाहरुमा शाखा विस्तार भएकोमा अव बाँकी जिल्लामा शाखा विस्तारका गर्ने, जिल्ला शाखाहरुको संजालिकरण, क्षमता विकास र श्रोत व्यवस्थापन गर्दै अभियानगत काम गर्नकालागि जिल्ला शाखाहरुलाई प्रविधिक सहयोग गर्ने, युवा उद्यमशिलतामार्फत युवा स्वरोजगार प्रवद्र्धन गर्न सम्भाव्यता अध्यायनन गर्ने, लगाएतका निर्णयहरु बैठकले गरेको छ । भ्रष्टाचार विरुद्धको चौथो राष्ट्रिय युवा सम्मेलन तथा बासको ८ औं महाधिवेशन भब्यताको साथ सम्पन्न गर्नका लागि बासका केन्द्रीय अध्यक्ष मन भण्डारीको संयोजकत्वमा महासचिब छविलाल सुनार सहसंयोजक र सम्पुर्ण केन्द्रिय पदाधिकारी तथा सदस्य तथा बासको पुर्व पदाधिकारी, कर्मचारी र शाखा उपशाखाका प्रतिनिधिहरु सदस्य रहेको मुल तयारी समिति तथा बिभिन्न उप समितिहरु तय गरिएको छ । भ्रष्टाचार विरुद्धको चौथो राष्ट्रिय युवा सम्मेलन बासको मुल आयोजना तथा बिभिन्न संघ संस्था र निकायहरुको ओयाजना, समन्वयमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस