UNCON कम्प्युटर ल्याब हस्तान्तरण

बाँके बाँके जिल्लाको बैजनाथ गाउपालिक वडा नम्बर १, चिसापानी स्थित सर्वोदय उच्च माध्यमिक बिद्यालयमा स्थापना गरिएको UNCON कम्प्युटर ल्याब हस्तान्तरण गरिएको छ ।

USA -Nepal Community Outreach Network (UNCON) को आर्थिक सहयोग ,GK Foundation नेपाल र मेन्सरुम रिलोडेडको प्राबिधिक सहयोगमा स्थापना गरिएको UNCON कम्प्युटर ल्याब मंगलबार बिद्यालय परिसरमा एक कार्यक्रमका बीच UNCON का नेपाल प्रतिनिधि किर्तन राज बिष्टले हस्तान्तरण गरेका हुन् । अमेरिकाको डालसमा बस्ने प्रबासी नेपालीले स्थापना गरेको यस गैर नाफामुलक सामाजिक संस्थाले गुणस्तरीय शिक्षा, स्वास्थ्य र प्रबिधिको छेत्रमा नेपाल र अमेरिकामा बिगत ४ वर्ष देखि काम गर्दै आएको छ । UNCON ले उपलब्ध गराएको रु १ लाख ७५ हजारले बिद्यालयमा ६ वटा कम्प्युटर सहित को ल्याब स्थापना गरिएको हो । UNCON को संचालक समितिमा अध्यक्ष नरेश राज पाण्डे, प्रकाश गौतम, विलास उपाध्याय, थला राज पन्त, बटुक राज बिष्ट, देवेन्द्र शाह, अग्नि संजेल, लक्ष्मी ओली, अच्युत रिजाल लगायत जम्मा ९ जना पदाधिकारी क्रियासिल रहदै आएका छन् । UNCON को नेपाल मा यो पाँचौ कम्प्युटर ल्याब हो । यस अघि चितवन, लम्जुंग र बाग्लुंग मा स्थापना गरि बिद्यालय लाइ हस्तान्तरण गरि सकिएको कुरा UNCON का नेपाल प्रतिनिधि किर्तन राज बिष्ट ले जानकारी दिए । UNCON का सचिब देवेन्द्र शाह को संयोजकत्वमा गठन गरिएको समितिले अमेरिकामा रहेका नपाली हरु बाट अर्थ संकलन गरि यो सहयोग उपलब्ध गराएको हो । यस ल्याब को स्थापनाले सुर्योदय उच्च माविका ९५१ जना बिद्यार्थी लाभान्वित हुने कुरा बिद्यालय का प्रधानाध्यापक श्री जय बहादुर बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस