प्रहरीले नेपालगन्जका चारवटा मोटर ड्राइभिङ सेन्टरमा  छापा

प्रहरीले नेपालगन्जका चारवटा मोटर ड्राइभिङ सेन्टरमा  मंगलबार छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ । मामाभान्जा, रेसुङ्गा, बागेश्वरी र बोहरा मोटर ड्राइभिङ सेन्टरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको बाँकेका एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।

लाईसेन्स बनाइदिन्छु भन्दै सर्वसाधरणहरुसँग मोटो रकम लिएको जनगुनासो आएपछि प्रहरीले मंगलबार मध्यान्ह ड्राइभिङ सेन्टरमा छापा मारेको हो ।

प्रहरीले नियन्त्रणमा लिएको कागजपत्रको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस