तीजको अवसर पारेर नेपाल टेलिकमले विभिन्न प्रकारका अफर ल्यायाे

बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसर पारेर नेपाल टेलिकमले विभिन्न प्रकारका अफर ल्याएकाे छ ।

अफर अन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ ।
यी सबै अफर आगामी भदौ ५ देखि भदौ १९ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस