कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ‘स्मार्ट लाइसेन्स’ नवीकरण सेवा सुरु

सुर्खेत । यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले सवारी साधान अनुमति पत्र (स्मार्ट लाईसेन्स) नविकरण सेवा सुरु गरेको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमका विच कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सेवाको सुरुवात गरेका हुन् । सेवा सुरुवातमा पहिलो सेवा ग्राहीका रुपमा डा. डम्मर खड्काको लाइसेन्स नविकरण गरीएको हो । उक्त सेवा सुचारु भएसंगै विभिन्न अञ्चलबाट निर्मित लाइसेन्स सुर्खेतमा नै नविकरण गर्न सकिने छ ।
उद्घाटन पछि बोल्दै कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था सम्बन्धी कर्णाली प्रदेशको पहिलो कदम भएकाले विस्तारै सेवाहरु बढाउदै जाने बताए । उनले सबैको साथ सहयोगले यातायात सम्बन्धी सबै सेवा कर्णाली प्रदेशबाट हुने बताए ।

यस्तै कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्ग खत्रीले आफु बन्ने मात्र नभएर सेवा प्रवाहमा प्रथामिकता दिनुपर्ने बताए । सक्षम व्याक्तिलाई लाइसेन्स दिएको अवस्थामा दुर्घटना जस्ता समस्याहरुमा कमी आउने भन्दै मन्त्री खत्रीले सबै मान्छे आ–आफ्नो क्षेत्रमा इमान्दार बनेको अवस्थामा देश बनाउन धेरै समय नलाग्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले २०७१ सालमा स्थापना भएको यातायात कार्यालयले विस्तारै सिस्टमको विकास गरेर नयाँ लाइसेन्स जारी गर्ने बताए । उनले दरवन्दी पठाएका कर्मचारीहरुको तेही मात्रामा नियुत्ति भएमा नयाँ लाइसेन्स निमार्ण गर्ने, नामसारी गर्ने लगायतका कामहरु गर्न सहज हुने बताए ।
सुचारु सेवा सुविधाको बारेमा बोल्दै यातायात कार्यालयका आइटी निर्देशक चन्द्र शाहाले नविकरण देखि सुरु गरिएको सेवा सुविधा विस्तारमा लाग्ने बताए । उनले केन्द्रीय सरकारबाट प्रदेश सरकारमा आईसकेकाले अब प्रदेशसरकारले सबै सेवा सुविधा विस्तारमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, पर्यटन मन्त्री नन्दसिह बुढाकाे समेत सहभागिता रहेकाे थियाे । यस्तै प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवदी, उपप्रमुख मोहनमाया ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख बसन्त रजौरे, जिल्ला जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिबहादुर बिसी, विभिन्न व्यवसायीक समितिका पदाधिकारीहरु लगायत अन्य सम्बन्धीत निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस