वडाध्यक्ष चलाउनेद्वारा ह्विलचियर हस्तान्तरण

कोहलप’र नगरपालिका वडा नं। १० का वडाध्यक्ष निम बहादुर चलाउनले आफ्नो वडाकै सबैभन्दा जेष्ठ नागरिकलाई सम्मान गर्दै ह्विलचियर हस्तान्तरण गरेका छन् ।
वडाभरकै सबैभन्दा बयोवृद्व जेष्ठ अशक्त नागरिक धनकला आचार्यलाई सम्मान स्वरुप ह्विलचियर हस्तान्तरण गरेका ह’न् । आप्mनो व्यक्तिगत सहयोग स्वरुव वडामा रहेकी १ सय १ वर्षिया जेष्ठ नागरीक आचार्यको दैनिकि सहज होस् भन्ने चाहनाका साथ सहयोग गरेको वडाध्यक्ष चलाउनेले बताए ।


राज्यले जेष्ठ नागरिकका निम्ति जति गर्नुपर्ने हो त्यति गर्न नसकिरहेको बेला आप”mले राज्यबाट पाउने सेवा सुविधालाई सामाजिकरण गर्ने अभियान अन्र्तगत जेष्ठ नागरिक आचार्यको चाहना अन’सारा ह्विलचियर सहयोग गरेको वडाध्यक्ष चलाउनेले जानकारी दिए । अधिल्लो वर्ष आचार्य परिवारका तर्फबाट जेष्ठ नागरिकलाई राहत तथा केही सहयोग गर्न निवेदन आएपछि जेष्ठ नागरिकलाई सहयोग गर्न आप”mमा प्रेरणा मिलेको उनको भनाई छ ।
उनले आप्mनो कार्यकाल अवधी भर वडामा रहेका जेष्ठ तथा असाहय नागरिक, विपन्न परिवार, जेहेन्दार विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई क्रमिक रुपमा सहयोग गर्दै जाने प्रतिबद्वता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस