प्रादेशिक महोत्सव आगामी फागुन १६ देखि २६ गतेसम्म  नेपालगन्ज हुने

नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी फागुन १६ देखि २६ गतेसम्म प्रादेशिक महोत्सव आयोजना गर्ने संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । महोत्सव बारे संघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले यसपटक महोत्सवमा पहिलो प्राथमिकता स्थानीय उत्पादन प्रवद्र्धन हुने बताएका छन् । पहिले स्थानीय अनि प्रदेश र संघका उत्पादनलाई महोत्सवमा प्राथमिकतामा राखिनेछ उनले भने । उनले महोत्सवमा अवलोकनकर्तालाई आकर्षित गर्न स्थानीय, राष्ट्रिय कलाकार भित्र्याउने बताए ।
संघले फेरी पुरानै नारा दोह¥याएको छ । नारामा मात्रै सिमित भएको बहुउद्देश्यीय सभागृहका लागि व्यापार मेला । यस पटक पनि संघका अध्यक्ष नन्दलाल वैश्यले महोत्सवबाट हुने बचत बहुउद्देश्यीय सभागृह र व्यवसायीक हितका लागि खर्च गरिने जानकारी दिए । महोत्सवका लागि २१ वटा उपसमिति बनाएर मोहत्सव सफल बनाउन पहल गरिएको कार्यक्रम जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस