बर्तमान सरकारले देश लाई नै संस्थागत भ्रष्टाचारको रुपमा बिकाश गदै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत

राजापुर, पुष २७ ।  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले जनमुखी काम नगरेको भन्दै वडा देखि केन्द्रसम्म कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने बताएका छन् ।
राजापुर माघी महोत्सवको उद्घाटन गर्न राजापुर आएका बेला नेपाल प्रेस युनियन बर्दिया शाखाले राजापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार व्यतिmमुखी, पार्टीमुखी बनि नेपाली जनताले चाहेको सुशासन, समद्धि, आर्थिक सुधार, रोजगारीका अवसर दिलाउन नसकेको उनको भनाइ छ ।
नेपाली जनतालाई विभिन्न किसीमका आश्वासन बाँडेको वर्तमान सरकारले एक बर्ष पुरा हुँदा पनि जनताको अपेक्षा पुरा गर्न असफल भएको उनले बताए । शान्ति सुरक्षाको अवस्था नाजुक भएको,जताततै हत्या,हिंसा,आतंक फैलिएको , देशनै संस्थागत भ्रष्टाचारको चपेटमा परेको बताउँदै  कांग्रेस सहमहामन्त्री महतले डा.नेपालको संविधानलाई वेवास्ता गर्दै आफुखुशी काम गर्ने ,पार्टीकरण गर्ने वर्तमान सरकार पुरै असफल भएको उनको भनाइ छ ।
सरकारले नेपाली जनतालाई कर माथि कर लगाउँदै गएको जसका कारणले नेपालमा विदेशी लगानी ७५ प्रतिशत लगानी घटेको बताए । युवाहरुले रोजगारी पाउन लगानीको वातावरण बनाउनु पर्ने बताउँदै उनले इमानदारीता, सर्मपण नभएका कारण अहिलेको सरकारले जनताले चाहेको काम गर्न नसकेको प्रष्टाए। ।
यो सरकार संग कुरा गर्ने सीप छ, काम गर्ने सीप छैन् ः उनले भने । भ्रष्टाचार, वाइडबडी प्रकरण, सुनकाण्ड लगायत काण्डै काण्डैमा वर्तमान सरकार
फसेको छ ।
महासमितीले बैठकले कांग्रेसलाइ उर्जावान र गतिशील बनाएको बताउदै उनले कांग्रेसले आउँदो निर्वाचनमा एक्लै बहुमत ल्याउने उदेश्ययका साथ देशभरी सदस्यता अभियान लगायत संगठन सुदृढीकरण अभियान शुरु गरेको बताए ।
पुर्व उर्जा, पराष्ट्रमन्त्री डा. महतले राजापुर नाकालाइ व्यवस्थित बनाउन र गुलरियामा थप नाका खोल्ने कुरालाइ नेपाली कांग्रेसले जहिले पनि प्राथमिकतामा राखेको बताए ।
कृषि उत्पादन बढाउन र असली कृषकहरुलाइ बीउबिजन,मलखाद तथा सिचाइमा सिधै अनुदान जाने व्यवस्था, औधौगिक संरक्षण र  युवा रोजगारी सहितको आर्थिक नीतिमा नेपाली कांग्रेस रहेको उनको भनाइ छ ।
नेपाल प्रेस युनियन बर्दिया शाखाका अध्यक्ष विनय राजभण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघीय सांसद एंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौर, महासमिति सदस्य विद्याप्रसाद खनाल, तेजबहादुर भाट, सुरेशराज योगी समेतको उपस्थिति थियो।
कार्यक्रम सञ्चालन नेपाल प्रेस युनियनका जिल्ला सचिव दुर्गा आचार्य गरेका थिए ।
प्रतिक्रिया दिनुहोस