मधुमेहका बिरामीका लागि

– मधुमेहका रोगीले हरियो सागपात, फलफूल र अन्य फाइबरयुक्त खानेकुरा नियमित सेवन गर्नुपर्छ ।

– कार्बोहाइडेट र चिल्लो–पिरो कम भएका खानेकुरा खानुपर्छ ।

– दूध वा दूधजन्य पदार्थ खान आवश्यक छ ।

– बजारमा जथाभावी बेचिने मसलायुक्त फास्टफुड र ड्राइफुड सकभर खानुहुँदैन ।

– ग्लुकोजको मात्रा बढी हुने चिनीजन्य पदार्थ कम सेवन गर्नुपर्छ । माछा, मासु, अन्डा आदि भने खान सकिन्छ ।

– उमालेको वा फिल्टर भएको पेयपदार्थ मात्रै पिउनुपर्छ । पानीको सट्टामा अन्य पेयपदार्थ सकभर नपिउँदा राम्रो हुन्छ ।

– बदाम, ओखर, किसमिस जस्ता सुक्खा फलफूल खान उपयोगी हुन्छ ।

– धूम्रपान र मद्यपानजस्ता कुलतबाट टाढा रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस