जाजरकोट खलंगा बजार पहिरोका कारण उच्च जोखिममा

  लगातारको बर्षापछि जाजरकोट सदरमुकाम खलंगामा पहिरो गएको छ। पहिरोले ठाँटीबजारको न्यूरोडस्थित नेपाल रेडक्रस सोसाइटीको भवनदेखि थाप्लेस्थित खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय सम्मका दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका हुन् ।

भौगोलिक अवस्थाको अध्ययननै नगरि धमाधम ठुला भवन मापदण्ड विपरित निर्माण गरिएको, घर निर्माण गर्ने क्रममा आएको माटो जथाभावी फालिएको कारण पहिरो गएको  स्थानियकाे भनार्इ छ ।

पहिरो गएसँगै जाजरकोट डोल्पा सडकको खलंगा रिम्ना सडकखण्ड पनि अवरुद्ध भएको छ।

पहिरो रोकथाम गरी मोटर बाटो सुचार गर्न र बस्ती सुरक्षित राख्न कम्तिमा ५ करोड रुपैँया लाग्ने प्राविधकहरुको भनाई छ। प्रहरीले पहिरोको उच्चजोखिमा परेका परिवारलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस