निजी विद्यालय कसैको लहडले बन्द नहुने

शैक्षिक गुणस्तरमा सुधार ल्याउन निजी विद्यालयले गरेको योगदानलाई कसैले नजरअन्दाज गर्न नसक्ने प्याप्सन केन्द्रिय बरिष्ठ उपाध्यक्ष डि.के. ढुङ्गानाले वताएका छन्।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याप्सन) बर्दियाको १४औं जिल्ला अधिवेशनका उद्घाटन कार्यक्रममा ढुङ्गानाले यस्तो वताएका हुन् । उनले अन्तराष्ट्रिय क्षेत्रमा नेपालका विद्यार्थीलाई प्रतिस्प्रर्धा गर्नसक्ने दक्षता दिलाएको दावी समेत गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढुङ्गानाले सामुदायिक विद्यालयर र निजी विद्यालय एकअर्काका प्रतिस्पर्दी नभएको वताएका छन् । ।

यसैगरि उद्घाटन कार्यक्रममा बोल्दै निजी विद्यालय प्याप्सनका केन्द्रिय उपाध्यक्ष निर्मल उपाध्यायले निजी विद्यालय संचालकका आफ्नै नितिका कारण विद्यालय धरासायी हुन सक्ने भएका कारणले त्यसतर्फ संचालकहरु सजग रहनु पर्ने बताए । प्याप्सन केन्द्रिय महासचिव राजेन्द्र बानियाले विद्यालय शुल्कको सिमा राज्यले तोक्न नसक्ने बताए । महासचिव बानियाले ५सय अरबको लगानी भएको निजि विद्यालय कसैको लहडले बन्द हुनै नसक्ने ठोकुवा गरे । राज्यले शिक्षा निति बनाउदा सबैलाई स्वीकार्य हुने गरि बनाउन समेत उनले सुझाएका छन् ।

निजी विद्यालयले देश भरीका १५ लाख विद्याथीहरुलाईगुणस्तर शिक्षा दिईरहेको र सवा लाख कर्मचारीहरु आवद्ध भएको निजी विद्यालयलाई सरकारले संरक्षण गर्नुपर्ने ठाउमा विभिन्न वहानामा दुख दिने गरेकोमा महासचिव बानियाले रोष प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस