ब्राउन सुगर बिक्रीका लागि बसिरहेका एकजना भारतिय राजपुरबाट पक्राउ

बर्दियाको राजापुरमा लागुऔषध ब्राउन सुगरको कारोबार गर्नै एकजना भारतियलाई प्रहरीले पक्राउ गरेको छ ।

बिक्रीगर्नका लागि कुरिरहेको अवस्थामा १० ग्राम ब्राउन सुगर सहित भारत लखिमपुर जिल्ला खिरी ईन्द्रनगरका २७ बर्षिय हरजीत सिँहलाई पक्राउ परेका हुन् । राजापुर क्षेत्रमा लागुऔषध दुर्वयसनी बढेको जनगुनासो बढेसंगै जिल्ला प्रहरीकार्यालय बर्दियाको बिशेष टोली र ईलाका प्रहरी कार्यलय राजापुरको टोलीले राजापुर —४ शत्तिपुल खोलाको बगरबाट सिँह पक्राउ गरेको हो ।

पक्राउ परेका सिँहलाइ थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्याल राजापुरमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरि उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले वताए । बरामद भएको लागुऔषधको बजार मूल्य ७० हजार भएको प्रहरकिो भनाई छ । उक्त लागुऔषधले २ सय जनालाई प्रभावित पर्नसक्ने प्रहरी उपरिक्षक मैनालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस