कोहलपुरमा आधुनिक सबै पत्रकार अटाउन सक्ने संचारग्राम स्थापना गर्ने

कोहलपुर नगरपालिकाले आगामी बर्षमा कोहलपुर नगरलाई सम्बृद्धि नगरका रुपमा बिकाश गर्नका लागी सुझाव संक्लन गर्ने अभियान सुरु गरेको छ ।

कोहलपुर नगरलाई सफा,सुन्दर हराभरा कसरी बनाउन सकिन्छ भन्ने उदेश्यका साथ आईतबार कोहलपुर नगर पालिकाले कोहलपुर क्षेत्रमा कार्यरत पत्रकारहरुले कोहलपुर लाई देश बिदेशमा पहिचान हुने ठोस योजना बनाउनु पर्ने, समाजिक आर्थिक र सांस्कृतिक पहिचान सहितको निती तथा कार्यक्रम लागु गर्नुपर्ने ,जनताको सहभागितामा बिकाशका कार्यकम तय गर्नुपर्ने र संचार मत्री नगरपालिका हुनुपर्नेमा जोडदिदै कोहलपुरमा आधुनिक संचारग्रामको स्थापना गर्न राय सुझाव दिएका थिए ।

राय सुझाव कार्यक्रमा कोहलपुरनगर पालिका उपप्रमुख संन्जु कुमारी चौधरीले कोहलपुर नगरलाई देश बिदेशमा पहिचान गराउनका लागी कोहलपुर चौराहालाई बिकशित गराई कोहलपुरको नामाकरण रहेको तेल पेल्ने कोलको आकृतिको चौराहा बनाउने तर्फ कोहलपुर नगर पालिका अग्रसर भएको बताउदै कोहलपुर नगरको बिकाशको अहम भुमिका खेल्ने संचारगृह र पत्रकारहरुको छमता अभिबृद्रि गर्न कोहलपुर नगरपालिका प्रतिबद्र रहेको बताए ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरको सुन्दरताको बाधकका रुपमा रहेको गुटका व्यापार व्यसायलाई प्रतिबन्ध लगाउने कार्य निती बनाउन लागेको हुनाले सबैपक्षबाट सहयोगको आग्रह गदै कोहलपुरमा आधुनिक सबै पत्रकार अटाउन सक्ने संचारग्राम स्थापना गर्ने बताउदै कोहलपुरलाई आधुनिक शहरका रुपमा बिकाश गर्नका लागी प्रचारका समाग्रीका रुपमा रहेका होर्डिङ्ग बोर्ड हटाएर डिजिटल र्बोर्ड राख्ने मुल सडकबाट सहायक बाटोमा पहिलो पटक कम्तीमा २ सय मिटर पिज सडक निमार्ण गर्ने,एक घर ५ बिरुवा लगाउने, आधुनिक घन्टाघर निमार्ण गरि कोहलपुर समग्रह बिकाश गर्न कोहलपुर नगरपालिका प्रतिबद्रता रहेको बताए । सो कार्यक्रम कोहलपुर नगरपालिका वडा नं १० का अध्यक्ष निरज चलाउने , कार्यपालिका सदस्यहरु डिल बहादुर परियार, भिम बहादुर नेपाली , नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप बाग्ले, कोहलपुर क्षेत्रमा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस