नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके स्थानीय तहका अध्यक्ष र सचिवले आफ्नो पदको शपथ

बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके जिल्ला अन्तर्गतका आठवटै स्थानीय तहका अध्यक्ष र सचिवले आफ्नो पदको शपथ लिएका छन् । स्थानीयतहका अध्यक्ष र सचिबको मनोनित प्रदेश कमिटिले नै गरको थियो । नेकपा बाँकेको पार्टी कार्यालयमा आज आईतवार आयोजित स्थानीय तहका पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा आयोजना गरिएको थियो ।
नेकपाका केन्द्रीय सदस्य र ५ नम्बर प्रदेश कमिटिका सचिव जगप्रसाद शर्मा ‘अपार’ ले स्थानीय तह कमिटिका अध्यक्ष र सचिवलाई शपथ गराएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य मो. हारुन हलवाई, ५ नम्बर प्रदेश कार्यालयका सचिव बलराम अधिकारी, प्रदेश कमिटिको सदस्यहरु अशोक रोकाय, अशोक कोइराला, प्रकाश सुवेदी, अक्कल बहादुर बम लगाएकाको उपस्थिती रहेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिमा मनोनित भएका अध्यक्ष डिल्ली प्रसाद बराल र सचिव दत्तप्रसाद आचार्य, कोहलपुर नगरपालिकाका अध्यक्ष बसन्ती अधिकारी र सचिव तुलाराज बिष्ट, राप्तिसोनारी गाउँपालिका अध्यक्ष चामबहादुर घर्ती र सचिव मनोज के.सी., नरैनापुर गाउँपालिका अध्यक्ष प्रमोद मिश्रा र सचिव मेराज खाँ, डुडुवा गाउँपालिका अध्यक्ष शकिल अहमद खाँ र सचिव भोलाप्रसाद यादव, खजुरा गाउँपालिका अध्यक्ष राजकुमार बिसी र सचिव यामबहादुर महतरा, जानकी गाउँपालिका अध्यक्ष पदम धिताल र सचिव नारायण गिरी, बैजनाथ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर चौधरी र सचिव मिरा कार्कीले शपथ लिएका छन् ।
नेकपा प्रदेश नं. ५ कमिटिले उनीहरुलाई मनोनित गरेको थियो । उनीहरुको सिफारिस गर्नका लागि प्रदेश कमिटिले साविक नेकपा एमाले २ जना र माओवादी केन्द्रबाट २ जना रहने गरी जिल्लास्तरीय कार्यदल गठन गरी स्थानीयतह कमिटिको सिफारिस गर्ने जिम्मेवारी दिएको थियो । यो सफथसँगै नेकपा स्थानीय त

प्रतिक्रिया दिनुहोस