सुशील कोइरालाको नाम खजुरा क्यान्सर अस्पतालबाट हटाए कडा संघर्ष गर्ने काँग्रेसको चेतावनीदिदै बाँके जिल्ला प्रशासनमा धनाँ

नेपाली काँग्रेस बाँकेले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नामबाट नामाकरण गरिएको खजुरा क्यान्सर अस्पतालबाट स्व. सुशील कोइरालाको नाम हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ पार्टी सभापति किरण कोइरालाको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याललाई ज्ञापन पत्र बुझाउँदै काँग्रेस बाँकेले संघीय सरकारको व्यवस्थापन र स्वामित्वमा रहेको सो अस्पतालबाट कोइरालाको नाम नहटाउन आग्रह गरेको छ। अन्यथा कडा संघर्ष गर्ने चेतावनी कांग्रेसले दिएको छ।ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाइदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस