अछाममा चट्याङ्ग लागेर १८ जना घाईते- ७ जनाको अवश्था गम्भिर

अछाममा चट्याङ्ग लागेर १८ जना घाईते भएका छन । बुधबार बेलुका ५ बजे जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं ७ मा परेको चट्याङ्ग लागेर एकैटोलका १७ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घाईते मध्य ७ जनाको अवश्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईते हुनेमा पञ्चदेवल बि*नायक नगरपालिका वडा नं ७ की ३५ बर्षिया रामकला रावल, ३५ बर्षियो धन बहादुर रावल, बर्ष १६ कि बसु कामी, सोही वडामा बस्ने बर्ष ४० कि जयसरा देवी कामी, बर्ष ४० कि धर्मा देवी रावल, १२ बर्षकी धिर्गा रावल र सोही वडामा बस्ने २२ बर्षिया भावना सुनार रहेका छन

      यस्तै अन्य घाईते हुनेमा वडा नं ७ बस्ने ४५ बर्षिया टेक बहादुर बटाला, सोही स्थानमा बस्ने १८ बर्षिया सिर्जना बटाला, १९ बर्षिया धिर्जा बटाला, २५ बर्षिया भावना बटाला रहेका छन . सोही स्थानमा बस्ने २२ बर्षिया मनसरा कामी, २१ बर्षिया कमला कामी, ७९ बर्षिया दिर्केश रावल, सोही स्थानमा बस्ने १३ बर्षिया दिपु कामी र ५० बर्षिया मना देबी कामी रहेका छन । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछी थप उपचारका लागी अहिले बाहिर लैजाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिनु भयो ।
यस्तै मंगलबार परेको चट्याङ्ग लागेर जिल्लाको बान्गिढी जयगढ गाँउपालिका वडा नं ५ बस्ने १४ बर्षिया राधिका रावल पनी घाईते भएकी थिईन । उनको अहिले बयालपाटा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चट्याङ्ग लागेर पञ्चदेवल बिनायक नगरपालिका वडा नं ७ मा २ ओटा गाई मरेका प्रहरी प्रमुख शाहीले जानकारी दिनु भयो

प्रतिक्रिया दिनुहोस