गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाहका बारेमा स्थानीय नागरिकहरुलाई जानकारी गराउनुु पर्नेमा जोड

सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपालगन्ज र एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गतबाँकेको डुुडुवा गाउँपालिकामा साझा सभा एप्स सम्बन्धि अभिमुुखीकरण कार्यक्रमसम्पन्न भएको छ । सो अभिमुुखीकरणका सहभागीहरुलेगाउँपालिकाबाट प्रदान हुनेशिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाहका बारेमा स्थानीय नागरिकहरुलाई जानकारी गराउनुु पर्नेमाजोड दिएका छन् ।
साझा सभा एप्सको बारेमाउद्धेश्य, प्रक्रिया र महत्वको बारेमा आईएचआसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुुमार ज्ञवालीले प्रष्ट पार्नुु भएको थियो । साथै आईएचआसीका जवाफदेहिता अधिकृत सोम गुुरुङ्गले साझा सभा एप्समा स्थानीय ठाउँका समस्या कसरी पोस्ट गर्ने भन्ने बारे जानकारी दिएका थिए । डुडुुवा गाउँपालिका आईटी अफिसर सुुरेश बर्माले डुडुुवा गाउँपालिकाको वेभसाईटको बारेमा जानकारी गराउदै आफनो गाउँपालिकाको नीति तथा कार्यक्रम बारे वेभसाईटमा अपडेट गरेको जानकारी गराए ।पारस्परिक जवाफदेहिता परियोजनाले ३४ जिल्लामा सुुशासन, जवाफदेहिता र पारदर्शिताको सवालमा कार्य गरिरहेको बारेमा एनएनएसडब्लुुए, कञ्चनपुुरका कार्यक्रम ब्यवस्थापक बिनोदविक्रम जैरुले जानकारी गराउनुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस