सरकारविरूद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका एक दर्जन नेता पक्राउ

सरकारले संसदबाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गराउन लागेको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका एक दर्जन नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल विद्यार्थी संघको आयोजनामा शुक्रबार नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको नेविस‌ंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए। पक्राउ पर्नेमा त्रिपाठीसहित मनिष सिम्खडा, योगेन्द्र रावल, नारायण सापकोटा, पावल वर्जाचार्य अर्बट खड्कालगायत रहेका छन्। उनीहरुलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ।

संसदीय मर्यादा विपरित जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गराउन लागिएको भन्दै अनसनरत डा. गोविन्द केसीको सर्मथन गर्दै केहीबेर सडक जाम गरेका थिए। प्रदर्शनका क्रममा नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस