नीलसागर वृद्धाश्रम तथा असाहे केन्द्रलाई लाई वाणिज्य बैंकका कर्मचारीको करिव दुई लाख रुपैयाँ आर्थिक  सहयोग

राष्ट्रिय वाणिज्य बैंकको ५४औं वार्षिकोत्सवका अवसरमा बैंकका कर्मचारीहरुले नेपालगञ्जको एक वृद्धाश्रम तथा असाहे केन्द्रलाई करिव दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
नेपालञ्जको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थापनमा सहयोग पुराउने उद्देश्यले बैंकका क्षेत्रीय र तीनवटा शाखा कार्यालयमा कार्यरत कर्मचारीले बैंकको वार्षिकोत्सव मनाउने रकममा व्यक्तिगत रुपमा थप गरी सहयोग गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका नेपालगन्ज शाखाका मुख्य प्रबन्धक विमलराज खनाल, वाणिज्य बैंकका क्षेत्रीय कार्यालय प्रमुख आनन्द सुवेदी, नेपालगन्ज शाखा प्रबन्धक यज्ञबहादुर बस्नेत, त्रिभुवन चोक शाखा प्रबन्धक ललीतबहादुर शाही र खजुरा शाखा प्रबन्धक कृष्णप्रसाद धिताललगायतले नीलसागरकी अध्यक्ष सरिता खनाललाई बिहीबार छुट्टाछुट्टै चेक हस्तान्तरण गरेका हुन ।
क्षेत्रीय कार्यालय नेपालगन्जले ८० हजार, नेपालगन्ज शाखा कार्यालयले ५० हजार, त्रिभुवन चोक शाखाले ३० हजार र खजुरा शाखाले २५ हजार रुपैयाँ संकलन गरेको बैंकका क्षेत्रीय कार्यालय प्रमुख आनन्द सुवेदीले जानकारी दिए ।
सुवेदील केन्द्रबाट ५४औं वार्षिकोत्सव मनाउन ५० हजार रुपैयाँमा आएकोमा क्षेत्रीय र अन्य तीन शाखामा कार्यरत बैंकका हरेक कर्मचारीले कम्तीमा दुई हजारदेखि सात हजार रुपैयाँ व्यक्तिगत रुपमा थप गरी सहयोग गरेको बताए ।
बर्दियाको गुलरिया शाखाले विद्यार्थीलाई पाठ्यसामग्री र स्टेशनरी वितरण र सुर्खेत शाखाले बिरामीलाई फलपूmल बाँडेको उनले जानकारी दिए ।
कार्यक्रममा नीलसागरकी अध्यक्ष सरिता खनालले संस्थाको नियमित आम्दानीको कुनै स्रोत नभएकाले सहयोगी मनहरुबाट सन्चालन भइरहेको जानकारी गराइएकी थिइन् ।
कार्यक्रममा क्षेत्रीय कार्यालयका उपप्रमुख राधेश्याम योगीले स्वागत मन्तव्य र कार्यक्रम सन्चालन क्षेत्रीय कार्यालयका उपप्रबन्धक लीलाराम ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस