सरकार तानाशाही रुपमा अघि बढेयो सदन र सडकमा अब विरोध चर्किन्छ :नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक र सदनमा संघर्ष गर्ने घोषणा गरेको छ। जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि कांग्रेसले सडक र सदनमा संघर्ष गर्ने घोषणा गरेको हो।

संसद बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायवादी शैलीमा अघि बढेकाले सडक र सदनबाटै संघर्ष गर्ने बताए। उनले प्रतिपक्षीको भावनालाई नसमेटेर विधेयक पारित गरिएकोमा आपत्ति समेत जनाए। उनले सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको आरोप लगाए।

संसदले प्रतिपक्षी कांग्रेसको चर्को विरोधकाबीच अनसनरत डा. गोविन्द केसीका माग विपरित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस