कथाजस्तो निर्मलाको जीवनी

गणेश बिशु

हावाहुरीसँगै मुसलधारे पानी । सडक छेउमा सानो छाप्रो । छाप्रोभित्र निर्मला देवकोटाका चारजनाको परिवार । जोडले आएको आँधीले घर ढल्लाजस्तो हुँदा निर्मला धुरीबला समाउँछिन् । सकी छोराछोरीलाई ओत लगाउन घरभित्रै छाता ओढाउँछिन् । त्यति गर्दा पनि उनीसँगै सबै परिवार घरभित्रै पानीले निर्थुक्क भिज्थ्यो । यतिमात्रै होइन, उनले जीवनमा निकै दुःख झेलेकी छन् । उस्तै संघर्ष पनि । कथाजस्तो लाग्ने उनको वास्तविक कुरा बुझ्न पत्रकार खगेन्द्र दाहाल, लक्ष्मण ढुंगानासँगै म उनको घरतिर लाग्यौं ।
राँझा विमानस्थलदेखि करिब ५ सय मिटरभित्र (पशुपतिनगर) उनको घर छ । खगेन्द्रले बाटोमा भन्दै थिए, त्यहाँ पुगेपछि थाहा हुन्छ । खगेन्द्रलाई निर्मलाको बारेमा पूर्व जानकारी रहेछ । लक्ष्मण र म उनको बारेमा बेखबर थियौं । खगेन्द्रको कुराले हामीलाई त्यहाँ पुग्न झन् आतुर बनायो । हामी पुग्दै गर्दा उनी र उनको आमा (झुमाकली पौडेल) घर अगाडिको बारीमा थिए । आमाले मुला कुटेर सिन्की बनाउँदै थिइन् । निर्मला उनलाई सघाउँथिन् । घर सानो थियो । घरै हेर्दा अनुमान गर्न सकिन्थ्यो योभित्र धेरै कथा लुकेको छ ।
सानो घर । महलमा बस्नेलाई त्यो झुपडी होला तर, निर्मलाका लागि त्यो सुन्दर महल हो । हामी जानासाथ उनी ज¥याकजुरुक उठिन् । हत्तपत्त प्लाष्टिकका कुर्सी ल्याइन् । उनको आथित्यतासँगै उनको जीवनी केलाउन सुरु ग¥यौं । कुरा थालनी भएको दुई मिनेट भएको थिएन, उनका आँखाबाट आँसु खस्न थाले । साथी खगेन्द्रले कुरा मोड्दा उनका आँसु रोकिए । उनी कक्षा ८ मा मात्र पढेकी छन् । उनका कुरा सुन्दा लाग्यो, उनी कुनै शिक्षित व्यक्तिभन्दा कम छैनिन् । उनले जीवनी भन्दै थिइन्, उनको जस्तै कहानी भोगेको मैले उनीभित्र हराएछु । उनले बीचमा के–के भनिन् मैले सुने पनि ध्यानमा राख्न सकेन ।
फेरि कुरा मोडियो म हराएछु भन्दै आफैंभित्र सोधें र ध्यानले उनका कुरा सुनेँ । उनको हाउभाउ र कुराले मलाई मन्त्रमुग्ध बनायो । निर्मलाले सुनाइन्, ‘घरपरिवारले साथ नदिँदा सडक छेउमै धेरै दुःख पायौं । ५ वर्ष त्यही सूर्य देखिने र पानी पर्दा पानी छिर्ने छाप्रोमा बस्यौं । २०६३ सालमा यहाँ (हाल बस्ने ठाउँ) आयौं । थोरै जग्गामा तरकारी खेती ग¥यौं । त्यसले राम्रो भयो । अझ त्यसलाई बढाउँदै गयौं । राम्रो हुँदै गयो । त्यहीँ व्यवसायले खेतबारी किन्यौं ।’
निर्मला बीचमा कान्छा छोरा जन्मदा मृत्युको मुखसम्म पुगिन् । उनको उपचार गर्न पति (विष्णुप्रसाद सापकोटा) लाई हम्मेहम्मे प¥यो । त्यतिबेला उनलाई ऋणले समेत कसैले पत्याउँदैनथ्यो । आखिर जेनतेन उपचार गरे । विष्णुप्रसादलाई लाग्थ्यो पत्नी बचाउन सक्दैन । बरु उसका नामबाट सकिनसकी विद्यालय खोल्छु । सोही बेलै उनले गाउँको १० जना बालबालिकालाई जम्मा गरेर पढाउन थाले । पत्नीको मृत्यु हुन्छ भन्दै उनले निर्मलाको नामबाट उक्त निजी विद्यालय (निर्मला इङ्लिस बोर्डिङ स्कुल) खोले । उक्त स्कुलले गुणस्तरीय शिक्षा दिँदै गयो विष्णुप्रसादलाई सफलता पनि मिल्यो । अर्काे खुसी उनको पत्नीको पनि सफल उपचार भयो । त्यसयता निर्मलाले कुनै ठूलो कष्ट व्यहोर्नु परेको छैन ।
उनै निर्मला र विष्णुप्रसादको जोडीले हाल बोर्डिङमा करोडभन्दा बढी लगानी गरेका छन् । कक्षा पाँचसम्म अध्ययन गराउँछन् । यहाँ हाल एक सयभन्दा बढी विद्यार्थी छन् । तरकारी खेती पनि बढाएका छन् । निर्मलाले कृषि पेसा गर्छिन् । विष्णुप्रसाद बोर्डिङ चलाउँछन् । निर्मलाले बारीमा काउली, टमाटर, ब्रोकाउली, मुला, बन्दा, भान्टा र खुर्सानी लगाएकी छन् । यसबाट उनले मासिक एक लाखभन्दा बढी आम्दानी गर्छिन् । ‘पहिलाको संघर्षले अहिले सफलता मिलेको छ,’ उनले भनिन्, ‘त्यो दुःख नभएको भए अहिले सफलता मिल्दैनथ्यो ।’
पहिला दैनिकी गुजारा गर्न समस्या हुने यो परिवार अहिले सुःखका साथ बसेको छ । खान लगाउन समस्या नहुने विष्णुप्रसादले बताए । संघर्षले दिलाएको सफलता सयौंले निर्मलाबाट सिक्नुपर्ने पाठ बनेकी छन् । उनी एक प्रेरणादायिक बन्न सफल छिन् । यस्ता संघर्षरत महिलालाई सरकारले सम्मान र अझै थप हौसला दिन जरुरी छ ।

नागरिक पश्चिमेलीबाट

प्रतिक्रिया दिनुहोस