नेपालगञ्जमा  चट्टयाङ्ग लागेर  एकजनाको मृत्यु

शुक्रबार दिउसो साढे २ बजेतिर पानीसंगै परेको चट्टयाङ्ग लागेर बाँकेमा एकजनाको मृत्यु भएको छ ।
चट्टयाङ्गमा परेर गम्भीर घाइते भएका नेपालगञ्ज उप–महानगर वडा नं.२३ जंगली सिंहपुरवाका २८ वर्षिय गुलाम मोहम्मद दर्जीको मृत्यु भएको हो ।
उनलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा शुक्रबार दिउसो २ बजेर ४७ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरिक्षक दिपक मल्लले चट्टयाङ्ग लागेर घाइते अवस्थामा रहेका दर्जीलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा पुराए लगत्तै मृत्यु भएको जानकारी दिए । उनले चट्टयाङ्गसंगै परेको पानीको कारण भएको क्षति संकलन गर्ने काम भई रहेको बताए ।

प्रतिक्रिया दिनुहोस