नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ५ अर्व ६७ करोड १८ लाख ५२ हजार रुपैया राजश्व संकल

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा वढि राजश्व संकलन गरेको छ । प्रमुख भन्सार अधिकृत शान्तिराज निरौलाका अनुसार यो वर्षको हालसम्म ५ अर्व ६७ करोड १८ लाख ५२ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ अर्व २८ करोड ५८ लाख ३१ हजार संकलन भएको छ । गत वर्षको सोही अवधीको तुलनामा यस वर्ष झण्डै २ अर्व बढि असुली भएको प्रमुख भन्सार अधिकृत निरौलाले बताउनुभयो । गत वर्ष भन्दा यसवर्ष करिब ५० प्रतिशतले बढि राजश्व संकलन भएको निरौलाले जानकारी दिनुभयो ।

यसैविच, नेपालगन्ज भन्सार कार्यालयले ६७ औैँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भन्सार कार्यालयले लक्ष्य भन्दा बढि राजश्व संकलन गर्नुमा उद्योगिहरुकै सहयोग रहेको बताउनुभएको छ ।

कार्यालयका नायव सुव्वा चण्डिलाल गेलाललाई सर्वोत्कृष्ठ कर्मचारी घोषीत गरी सम्मान गरीएको छ । कार्यक्रममा सवैभन्दा बढि आयात, निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई सम्मान गरीनुका साथै दिवसका अवसरमा सन्चालन गरीएको ब्याडमिन्टन प्रतियोगीताका प्रथम, द्धितिय र तृतियलाई प्रमाणपत्र पनि हस्तान्तरण गरीएको छ ।

प्रतिक्रिया दिनुहोस